शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरू भ्रष्टाचारका हाँगामात्रै हुन् : रवि लामिछाने

शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरू भ्रष्टाचारका हाँगामात्रै हुन् : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन्।

शनिबार ललितपुरमा रास्वपाको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको बताए। 

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको बताए। 

प्रहरीले बयान लिनसम्म डराएका व्यक्तिहरूमाथि अब संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ। उनले नेपाली जनताले आफूहरूलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसदमा पठाएको उल्लेख गरे।

कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेराबन्दी वा मुद्दा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दाबी गरे। उनले भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम नलिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.