हामीबीच तिता-मीठा भएका छन, तर राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरौं : प्रधानमन्त्री

हामीबीच तिता-मीठा भएका छन, तर राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरौं : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गर्न आह्वान गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै उनले शनिबार संसदमा सबै दललाई राष्ट्रिय सहमति गर्न आह्वान गरे।

उनले महाभूकम्पका बेला आफू प्रमुख प्रतिपक्षी दलको नेता रहेको स्मरण गर्दै त्यतिबेला संकटमा सरकारको साथ दिन घोषणा गरेको बताए। 'महाभूकम्पको बेला म पनि प्रमुख प्रतिपक्षी दलको नेता थिएँ। त्यतिबेला मैले यही संसदमा भनेको थिएँ, म प्रमुख प्रतिपक्षी दलको नेता होइन। संकटमा तपाइँहरूको साथमा छु भनेर घोषणा गरेको थिएँ,' उनले भने।

उनले यतिबेला देशमा आर्थिक संकट रहेको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताए। 'अहिले देशमा आर्थिक संकट छ। त्यसलाई समाधान गर्न हामीबीच एकता हुन जरुरी छ। जनताका समस्या समाधान गर्न हामी एक ठाउँ हुन जरुरी छ,' उनले भने।

उनले यसबीचमा तीता मिठा भए पनि मनोविज्ञानभन्दा ठूलो राष्ट्र रहेको बताए। 'हामीबीच केही तीता मिठा भएका छन्। ती मनोविज्ञानभन्दा ठूलो राष्ट्र हो। जनताको आधारभूत कुरामा काम गर्नु हो। सुशासन र समृद्धिको नयाँ मोडेल सँगै मिलेर खोजौं,' उनले भने।

उनले प्रमुख प्रतिपक्षी दलका नेता अस्वस्थ भएका बेला भेटेरै राष्ट्रिय समस्या समाधानका विषयमा छलफल गरेको बताए। उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका बेला पनि राजनीति सन्तुलन गरेको दाबी गरे। 

'देशका अगाडि जेऔजस्ता समस्याहरू छन्। राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ। प्रमुख प्रतिपक्षी दलका नेता अस्वस्थ हुँदा उहाँको घरमै गएर सदन चलाउने विषयमा छलफल गरेका छौं। सदन चलाउने, समिति बनाउने, सभापति बनाउने, संक्रमणकालीन न्यायलाई छिनोफानो गर्ने कुरामा सहमति गरेका छौं,' उनले भने, 'देशको कार्यकारी जसरी भए पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि राजनीतिक सन्तुलन मिलाउन मैले भूमिका खेलेको दाबी गर्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.