शरणार्थी प्रकरणजस्तै तमाम बेथितिमा सरकारको ध्यान छ : प्रधानमन्त्री

शरणार्थी प्रकरणजस्तै तमाम बेथितिमा सरकारको ध्यान छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले अविष्कार नगरेको बताए। उनले हिँड्दैगर्दा यो प्रकरण आएको स्पष्ट पार्दै कोही दोषी पनि नउम्किने बताए।

'नक्कली भुटानी शरणार्थी प्रकरण जसरी आयो। जसरी यसले तरंगित पारेको छ। मैले गृह प्रशासनलाई लगातार भन्दै आएको छु। यो सरकारको अनुसन्धान होइन। यो सरकारले अविष्कार गरेको कुरा पनि होइन। हिँड्दै गर्दा देखा पर्‍यो। यो विषयमा कोही पनि दोषी नछुटून्। कोही निर्दोष नपरुन्,' उनले भने। 

उनले यस प्रकरणमा अदालतले दुधको दुध पानीको पानी गर्ने विश्वास लिए। योसँगै अन्य बेथितिमा पनि सरकारको ध्यान रहेको उनले दाबी गरे। 

'हामीलाई विश्वास छ, अदालतले दुधको दुध र पानीको पानी गरुन्। तर सरकार यसमा मात्रै होइन। अन्य तमाम बेथितिमा पनि सरकारको ध्यान छ,' उनले भने। 

यो पनि पढ्नुस् :

हामीबीच तिता-मीठा भएका छन, तर राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरौं : प्रधानमन्त्री  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.