महिला कबड्डीमा कागेश्चन्द्रगिरि, काठमाडौं र कागेश्वरीको विजयी सुरुआत

काठमाडौं : प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिताको पहिलो दिन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाले विजयी सुरुआत गरेका छन्।
चमती खेलकुद पार्क संरक्षण समितिको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा आयोजना भएको प्रतियोगितामा शनिबार चन्द्रागिरी नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४-२८ को स्कोर पराजित गर्दा, काठमाडौं महानगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई ४१-१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८-३२ स्कोरले पराजित गर्दै विजयी सुरुआत गरेका हुन्।
प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका कुल ६ नगर तथा एक क्लबले सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार तीन खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतीले जानकारी दिए। यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ।
प्रतिक्रिया दिनुहोस !
