सरकारको नीति तथा कार्यक्रम परिमार्जन गर्न असमर्थ छु : प्रधानमन्त्री प्रचण्ड

सरकारको नीति तथा कार्यक्रम परिमार्जन गर्न असमर्थ छु : प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम परिमार्जन गर्न असमर्थ रहेको बताएका छन्। संसदमा जवाफ दिँदै उनले ऐन कानुनमा त्यस्तो व्यवस्था नरहेको भन्दै यसमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए।

उनले अर्को वर्ष लक्ष्य राखेर अहिल्यै नीति निर्माण गरी परिमार्जन गर्ने आधार बनाउनुपर्ने बताए। 

'नीति तथा कार्यक्रम संसदमा छलफल गरेपछि त्यसको आधारमा परिमार्जन हुनुपर्ने हो भन्ने मान्यता राख्नेभित्रै पर्छु। तर त्यसको लागि राष्ट्रिय सहमति नबनाइ, ऐन कानुनमा त्यस्तो व्यवस्था नगरी, मैलेमात्र त्यस्तो गर्ने अवस्था भएन। त्यसको निम्ति वातावरण बनाऔं,' उनले भने, 'कर्मकाण्डीजस्तो छलफल गर्‍यो गर्‍यो निक्लिने केही होइन। यो अवस्था अन्त्य गर्न हामीले टार्गेट गरौं। अर्को वर्ष अर्थ नहुने भाषण गर्दैनौं भनेर कमिटमेन्ट गर्‍यौं।'

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र परम्परागत नै भएको स्वीकारे। उनले अघिल्ला सरकारले ल्याएका नीति तथा कार्यक्रम र केही नयाँ समेटर नै तयार पारिएको भन्दै विपक्षीले भन्याजस्तै परम्परागत र कर्मकाण्डी भएको स्पष्ट पारे। 

उनले कतिपय कुरा पुराना कार्यक्रमबाटै ल्याएको भन्दै पोर परारका सरकारले ल्याएको कुरा पनि कर्मकाण्डी नै रहेको स्वीकार गर्नुपर्ने बताए। 

'परम्परालाई पनि स्वीकार गर्दै जानुपर्ने र नयाँ कुरालाई पनि समेटेर लैजानेगरी यो कार्यक्रम आएको छ। यो कर्मकाण्डी पनि छ। कयौं आधारभूत कुराहरू पोर परारका सरकारले ल्याउने कुरा यस्तै यस्तै हो,' उनले भने, 'कर्मकाण्डी नै हो भने पहिले र अहिलेको उस्तै हो भने त समर्थन गर्नपर्ने हो। परम्परागत हो भने नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति नै छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.