कुन व्यवस्था अँगाल्ने भनेर सोच्ने बेला आयो : पूर्व राजा ज्ञानेन्द्र शाह

कुन व्यवस्था अँगाल्ने भनेर सोच्ने बेला आयो : पूर्व राजा ज्ञानेन्द्र शाह

वीरेन्द्रनगर : पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको विकास समृद्धिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। 

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले लोकतान्त्रिक व्यवस्थालाई अंकित गर्दै त्यसको विकल्प खोजी गरिनुपर्ने बताएका हुन्।

कर्णालीको विकास आफ्ना दाजु पूर्व राजा वीरेन्द्र शाहले गरेको भन्दै उनले राजाकालमा भएको विकासको अहिले स्तोरोन्नति समेत नभएको औल्याए। उनले भने, 'कर्णालीको राजमार्ग, रत्न राजमार्ग लगायतका ठूला विकास निर्माणका आयोजनाका साथै वीरेन्द्रनगरको सहरीकरण पहिले नै भएको हो। जनता पनि अहिलेको व्यवस्थाबाट सन्तुष्ट छैनन्। देशको भलो चिताएर जनताको हितमा काम गर्नका लागि सबैको राष्ट्रिय दायित्व हो। एक आपसमा अन्तरद्वन्द्व गरेर कसैलाई हित हुँदैन। यो दायित्वमा निरन्तर, व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो।' 

उनले जनतन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकाद जे-जे शब्द भनेपनि मुल कुरा देश, जनता, समाज समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान भएको बताइ। 

'जनतालाई केन्द्रमा राखेर सुशासन र विकास गर्नुपर्छ। दुई दशक लामो समय गुमाएर अभ्यास गर्दै आएको शासन प्रशासन सही भएको छ र ? हामी जहाँ जान्छौँ जे सुन्छौं, जस्तो देख्छौं। त्यसबाट थाहा पाएका छौँ। आज कुरा धेरै काम कम भएको छ। नेपाल र नेपालीको सहित हित चाहाने मित्रहरूले पनि यि कुरा गहिरिएर सोचिरहेका छन्। जनताले रोजेको, खोजेको, सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ टिकाउ हुँदैन।' 

उनले अबको विधि र व्यवस्था अगाल्ने भन्ने विषयमा सोच्नैपर्ने बेला आएको छ। पूर्व राजा शाहले सम्बोधन गरिरहेका बेला राजतन्त्र जिन्दवाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ जस्ता नाराहरू लगाइरहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.