प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज पनि आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ। संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ ।
सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।
शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
प्रतिक्रिया दिनुहोस !
