रेशमलाल चौधरीको कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस

रेशमलाल चौधरीको कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले जेलमा रहेका रेशमलाल चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चौधरीको  बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्।

यसअघि राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव फिर्ता गरेका थिए।

मन्त्री शर्माले सरकारले गणतन्त्र दिवस २०८० का अवसरमा चौधरीको बाँकी सजाय मिनाहसँगैआममाफी दिन सिफारिस गरिएको बताइन्। यस्तै बैठकले चौधरीसँगै केही कैदीको बाँकी सजाय मिनाह र केहीको सजाय माफी गर्ने निर्णय गरेको छ।

सरकारले गरेको सिफारिस राष्ट्रपति कार्यालयले कार्यान्वयन गरे नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी भोलि गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन्।

 विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।

उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.