पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरूङको शव फेला

काठमाडौं : कास्कीको पोखरा महानगरपालिका -२२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एकजनाको शव फेला परेको छ। अन्नपुर्ण गाउँपालिका- ११ घान्द्रुक घर भइ हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ वर्षीय मिनबहादुर गुरुङको शव सशस्त्र प्रहरीले फेला पारेको हो।
शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्की पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
