कालिकोट र जुम्लामा नेपाल टेलिकमको एनटी फाइबर सेवा

कालिकोट र जुम्लामा नेपाल टेलिकमको एनटी फाइबर सेवा
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाल टेलिकमले कर्णाली प्रदेशको कालिकोट र जुम्लामा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु गरेको छ। 

टेलिकमले यही जेठ १० गतेबाट कालिकोट र ११ गतेबाट जुम्लामा एनटी फाइबार सेवा सुरु गरेको हो। 

टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लाका ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवा सुरु गरेका छन्। 

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने उनले बताए। 

उनका अनुसार यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिनेछ। यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ। 

निर्देशक श्रेष्ठले भने, 'एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले टेलिकमले यसलाई थ्री प्लस वान नामकरण गरेको छ। हाल स्प्रिङ अफरअन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा उपलब्ध हुनेछ। 

एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.