गणतन्त्रको थाँक्रो हामी

गणतन्त्रको थाँक्रो हामी
सुन्नुहोस्

आज गणतन्त्र दिवस। जनताले शासकीय स्व–अभिभावकत्वको झन्डा गाडेको गौरवशाली दिन। यस उलपक्ष्यमा सम्पूर्ण नागरिक समुदायमा हार्दिक बधाई तथा शुभकामना। 

एक सन्दर्भमा, प्राचीन ग्रीक दार्शनिक एरिस्टोटलले भनेका थिए, ‘गणतन्त्रहरू लोकतन्त्रतर्फ खस्कन्छन् र लोकतन्त्रहरू निरंकुशतातिर पतन हुन्छन्।’ हाम्रो शासकीय प्रणाली भने यसको ठीक उल्टो यात्रामा छ। हामीले पहिला निरंकुशता भोग्यौं। प्रजातन्त्र हुँदै लोकतन्त्र चाख्यौं। र, अहिले गणतन्त्रको उपभोग गरिरहेका छौं। 

गणतन्त्र यस्तो व्यवस्था हो, जसले जनतालाई सर्वशक्तिमान बनाउँछ। त्यसैले यसलाई सर्वशक्तिमान बनाउने हामी जनताले नै हो। तर, दुःखपूर्वक भन्नुपर्छ– यसका पछाडि कालो बादल मडारिइरहेको आभास हुन थालेको छ। सुदूर नेपथ्यमा गड्याङगुडुङ गरिरहेको छ। निरंकुशता मिश्रित प्रदूषणले नेपाली राजनीतिको औसत तापमान बढाइरहेको छ। यसका प्रदूषक हामी स्वयं छौं÷हौं। आजको दिन हामीले बाचा गर्नै पर्छ, गणतन्त्रको साख धमिल्याउने हरेक हर्कतलाई मिलेर परास्त गरौं। 

गणतन्त्र प्राप्तिको पृष्ठभूमि दोस्रो जनआन्दोलन र नागरिक स्वायत्तताका अन्य संघर्षमा मिडिया जगतको अग्रणी भूमिका रहँदै आएको छ। तीमध्ये अन्नपूर्ण पोस्ट् सधैं अग्रमोर्चामा छ। लोकतान्त्रिक आन्दोलनको थाँक्रो हौं हामी। गणतन्त्रका लहरा फैलाउन र यसलाई बलियो बनाउन हामी सदा ‘मिसन’ बन्दै आएका छौं। बनिरहने छौं। आजको विशेष संस्करण यसैलाई दर्शाउने ऐतिहासिक कदम हो। तस्बिरको तागतबाट इतिहासका अब्बल मोडहरू यसमा प्रस्तुत गरेका छौं। यसको एक मात्र ध्येय हो– गणतन्त्र युगयुग छापिएर रहोस्। पत्रिकामा। अनि, मन–मनमा। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.