गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गरौं : सभामुख घिमिरे

गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गरौं : सभामुख घिमिरे
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवस– २०८० को अवसरमा शुभकामना दिँदै व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा परिवर्तन नभएको आम अनुभूति रहेको बताएका हुन्। 

‘हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ।’ सन्देशमार्फत सभामुख घिमिरेले भनेका छन्,‘नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ। ’

उनले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको स्मरण गर्न चाहन्छु’ सन्देशमा भनिएको छ। उनले गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएको उल्लेख गर्दै घिमिरेले आन्दोलनको जगमा बनेको संविधान सभाले निर्माण गरेको सङ्घीयतासहितको संविधान कार्यान्वयन भइसकेको बताएका छन्। ‘राजनीतिक आन्दोलनबाटै वंश परम्पराको शासन अन्त्य भएको छ भने शासन सत्ता जनताको हातमा आएको छ। आवधिक निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधिमार्फत तीन वटै तहमा शासनको नेतृत्व गरिरहेका छन्।’ सन्देशमा भनिएको छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता हो। हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ। नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ। ’

सभामुख घिमिरेले गणतन्त्र प्राप्ती र यसका उपलब्धीलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.