यस वर्ष आर्थिक वृद्धि न्युन हुने अर्थमन्त्रीको घोषणा
काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले यस वर्ष आर्थिक वृद्धि न्युन हुने बताएका छन्।
चालू आर्थिक वर्षमा २.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको उनले बताए। विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र केही आन्तरिक कारणले गतिविधिमा सुस्तता आएको उनको भनाइ छ।
'चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फिती ७.७६ प्रतिशत रहेको छ। विदेशी मुद्राका कारण नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फितीमा चाप परेको छ,' उनले भने, 'चैत मसान्तसम्म शोधान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडको बचतमा छ।'
उनले ११ महिनाको बस्तु आयात र ९.४ महिनाको बस्तु तथा सेवा आयात धान्ने प्रयाप्त हुने बताए। त्यस्तै चैत मसान्तसम्म रिमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब पुगेको छ।