सरकारले अनावश्यक करार सेवाहरू रोक्ने, प्रयोगविहीन सवारीसाधन ६ महिनाभित्र लिलामी गर्ने
काठमाडौं : सरकारले अनावश्यक करार सेवाहरू रोक्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै स्वीकृत दरबन्दीभन्दा बढी संख्यामा करार सेवा लिन नपाइने व्यवस्था गरेको जानकारी दिए।
त्यस्तै सरकारी संस्थानमा रहेका प्रयोगविहीन सवारीसाधनलाई लिलामी गर्ने नीति अपनाएको छ। सरकारले त्यस्ता प्रयोगविहीन सवारीसाधनलगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिने बताए।