वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट
सुन्नुहोस्

काठमाडौं : सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वन,जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत् वातावरणीय सन्तुलन कायम गरिने बताए।

वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्या(पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ,प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए ।  अर्थमन्त्री महतले जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी,गल्छी,पहिरो नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.