पर्यटन दसक मनाउने सरकारको घोषणा, यस वर्षमात्रै १० लाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन दसक मनाउने सरकारको घोषणा, यस वर्षमात्रै १० लाख पर्यटक भित्र्याउने लक्ष्य
सुन्नुहोस्

काठमाडौं : सरकारले २०२३ देखि २०३२ सम्मलाई पर्यटन दसकको रूपमा मनाउने भएको छ। अतिथि देव भव नेपाली सँस्कृतिलाई झल्काउनेगरी सरकारले पर्यटन दसकको रूपमा मनाउने अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए।

सोमबार संसदमा बजेट भाषण गर्दै उनले यस वर्ष दस लाख पर्यटक भित्र्याइने बताए।

उनले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न नेपाल घुमौं अभियान सञ्चालन गरिने बताए। त्यसका लागि उनले अन्तरप्रदेशीय उडान सञ्चालन गर्नेसमेत बताए। 

अर्थमन्त्री महतले पर्यटन प्रवर्द्धन गर्न हिमालय ट्रलको निर्माण गर्ने बताए। उनले भूकम्पबाट प्रभावित पर्यटीकय क्षेत्रको पुननिर्माण कार्य सकाउने र उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड बजेट बिनियोजन गरिएको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.