दुर्गम क्षेत्रमा हवाई भर्नेलाई सहुलीयत,नागरिक उड्‍डयन प्राधिकरण पुनरसंरचना गरिने

दुर्गम क्षेत्रमा हवाई भर्नेलाई सहुलीयत,नागरिक उड्‍डयन प्राधिकरण पुनरसंरचना गरिने

काठमाडौं : सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने हवाइ कम्पनीलाई सहुलीयत दिने तयारी थालेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले  आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै दुर्गम क्षेत्रमा हवाई भर्ने उडान कम्पनीलाई सहुलीयत दिने बताएका हुन् ।

नागरिक उड्डयान प्राधिकरणको पुर्नसंरचना गरिने बताए । उनले भने,‘नियामक र सेवा प्रदायक निकालयलाई अलग अलग राखिनेछ ।’

नेपाल वायु सेवा निगमको पनि पुनरसंरचना गरिने बताए । महतले अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने बताए ।  हिमाली पर्यटन पूवद्र्धन गर्न पूर्व ताप्लेजुङदेखि दार्चुलासम्म ग्रेट हिमालय ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने बजेटमा उल्लेख छ ।

 पोखरादेखि मनाङसम्मको पदमार्ग निर्माण गरिनेछ । पशुपति क्षेत्रको बृहत गुरुयोजना कार्यान्वयनमा ल्याइनेछ । साहसीक पर्यटलाई प्रवद्र्धन गरिनेछ । काठमाडौं उपत्यकामा हाइकिङका लागि टाकुरा पर्यटन प्रवद्र्धन गरिने बजेटमा उल्लेख छ । 

पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट छुट्याइएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.