साहसिक खेलकुद पूर्वाधार निर्माण गरिने
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा साहसिक खेलकुदको पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण्मा ‘सार्वजनिक निजी साझेदारीमा हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका साथै र्याफ्टिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्रा म्याराथन लगायतका शाहसिक खेल पूर्वाधार निर्माण गरिने’ बताए।
‘खेलकुद पर्यटनलाई प्रवद्र्धन गरिनेछ। खेलकुदको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा निजी क्षेत्रलाई उत्साहित गरिने छ,’ उनले भने, ‘१९औं एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र दशौं राष्ट्रिय खेलकुद तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्थापन गरेको छु।’
अन्तर्राष्ट्रिय खेलकुदमा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिने पनि मन्त्री महतले बताए।
‘युवाहरूलाई अनुशासित र स्वस्थ बनाउन मार्सल आर्ट्स खेललाई समुदाय स्तरसम्म बिस्तार गर्न प्रोत्साहित गरिने छ,’ मन्त्री महतले भने, ‘नेपाल ओलम्पिक कमिटी, अखिल नेपवाल फुुटबल संघ, नेपाल क्रिकेट संघ लगायत खेल सम्बद्ध संघ संस्थालाई खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहित गरिने छ। स्थानीय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहयोग गरिनेछ।’