६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा, मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गरिने
काठमाडौं : सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा लिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा रहेको जानकारी दिए। उनले मूल्यवृद्धि भने ६.५ प्रतिशतमा सीमित गरिने बताए।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री महतले गत आर्थिक वर्षभन्दा ४२ अर्ब सानो सानो बजेट प्रस्तुत गरेका हुन्। गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो।
महतले गरेको कूल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ।