विराटनगरमा आयोजित दौड प्रतियोगितामा अधिकारी विजयी

विराटनगरमा आयोजित दौड प्रतियोगितामा अधिकारी विजयी
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशको राजधानी विराटनगरमा क्रियाशील पत्रकार (संचारकर्मी)बीचमा सोमबार बिहान आयोजना गरिएको दौडमा युवा पत्रकार हरि अधिकारी विजयी भएका छन्। 

विराटनगरको जनआन्दोलन (महेन्द्र) चोकदेखि बरगाछी चोकसम्मको दूरी तयार गरेर आयोजना गरिएको प्रतियोगितामा अनलाइन खबरमा कार्यरत अधिकारी प्रथम भएका हुन्। 

उनले पुरस्कारवापत नगद ७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी गोरखापत्रका पत्रकार नवराज कट्टेल द्वितीय हुँदै नगद ४ हजार ५ सय रुपैयाँ पाए। 

पत्रकारहरु तृतीय हुने देवराज तामाङले ३ हजार ५ सय तथा सान्त्वना स्थानमा हासिल गरेका नविन भट्टराई र पवनकुमार साहले जनही ३ हजार रुपैयाँ पाएका छन्। 

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस तथा १६ औं गणतन्त्र दिवसको अवसर पारेर पत्रकारबीचमा खुला दौड प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताको प्राविधिक पक्ष मोरङ एथ्लेटिक्स संघका अध्यक्ष दिनेश कर्णसहितको टिमले हेरेको थियो। 

विजेताहरुलाई विराटनगरका महानगरपालिकाका मेयर नागेश कोइराला, कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष सञ्जीव खनाललगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पत्रकारहरुबीचको दौड प्रतियोगिताले स्वयम पत्रकारहरुमा स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन सन्देश दिने बताए। उनले जनतालाई सुसूचित बनाउन सधैँ सक्रिय रहने पत्रकारहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिए। 

प्रेस युनियनका कोसी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले सञ्चारकर्मीहरुबीच एकता कायम गर्दै ‘स्वास्थ्यका लागि खेलकुद, सक्रिय पत्रकारिताका लागि स्वस्थ्य शरीर’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको बताए। दौड प्रतियोगिताले पत्रकारलाई स्वास्थ्यप्रति जिम्मेवार हुन सन्देश दिएको उनको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.