करको दरमा अनौठो हेरफेर

करको दरमा अनौठो हेरफेर
अर्थमन्त्री डा. प्रकाशशरण महत
सुन्नुहोस्

बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ।

काठमाडौं : बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेका छन्।

नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ।

महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ। 

आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ।

विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ। विदेश पढ्न जानेले पनि ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ। महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेका छन्। यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ।

यसैगरी, आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ। हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको हो।

विद्युतीय सवारीमा सरकारले अचम्मको कर लगाएको छ। महतले ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाएका छन्। जबकि यो सेग्मेन्टमा १० प्रतिशतमात्र भन्सार लाग्दथ्यो। जबकि १०० देखि २०० किलोवाटसम्मको ईभीमा ३०–३० प्रतिशत भन्सार र अन्तःशुल्क लाग्दै आएकामा अबदेखि २०–२० प्रतिशत लाग्नेछ। २०० देखि ३०० किलोवाटको सवारीमा भन्सार महसुल ५ प्रतिशतले घटाइएको छ। यसअघि यस्ता सवारीमा ४५ प्रतिशत भन्सार लाग्ने गर्दथ्यो। अब ४० प्रतिशतमात्र भन्सार तिर्नुपर्नेछ भने अन्तःशुल्क ४५ प्रतिशत यथावत छ।

यता ३ सय किलोवाटको ईभीलाई ६०–६० प्रतिशत अन्तःशुल्क र भन्सार यथावत राखिएको छ। सामान्य बुझाईमा धेरै किलोवाट भएको सवारीलाई बढी विलासी मानिने गरेको छ। तर, सरकारले कम किलोवाटका कारलाई करमा कसेको हो। ५० देखि १०० किलोवाटको सूचीमा नेक्सन, एट्टो, नेटा भी, नयाँ एमजीजेडएस, ह्युन्डाई कोना आदि पर्छन्।

विदेशबाट फर्किने पुरुषले २५ ग्राममात्र सुन ल्याउन पाउने भएका छन्। महिलाले भने ५० ग्राम नै ल्याउन पाउनेछन्। बैंक वित्तीय संस्थाले स्वाप रेसियोबाट गरेको आम्दानी र एफपीओबाट गरेको लाभमा कर तिर्नुपर्ने भएको छ। उनीहरूले पुस मसान्तभित्र कर तिरे ब्याज छुट पाउनेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.