भारत भ्रमण राष्ट्र हितमा केही नयाँ चिज बनोस् भन्नेछ : प्रधानमन्त्री

भारत भ्रमण राष्ट्र हितमा केही नयाँ चिज बनोस् भन्नेछ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने बताएका छन्। नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण नेपाली जनताले सम्झन लायक होस् भन्ने चाहना रहेको बताए।

उनले भने,'भोलिदेखि छिमेकी मित्रराष्ट्र भारतको भ्रमण छ। हाम्रो सरकारको प्रधानमन्त्रीको हैसियतले मेरो चाहना नेपाल राष्ट्रको हितमा केही नयाँ चिज यो पटक बनोस् भन्ने छ। यो भ्रमणले भोलिसम्म नेपाली जनताले सम्झने केही काम होऊन भन्ने चाहनाका साथ भोलि जाँदैछु।'

प्रधानमन्त्र प्रचण्डले नेपाल विधुत उत्पादनमा धनी राष्ट्र भएपनि उत्पादित विधुत खपतका लागि बजारको खोजि हुनुपर्ने बताए। उनले बजारको सुनिश्चितता नभएकै कारण नेपालमा ठूला विदेशी लगानी आउन सकेको बताए। 

उनले आफ्नो भारत भ्रमणबाट विद्युत खपतका लागि बजार सुनिश्चितताको खोजि गरिने संभावना रहेको बताए। उनले भने,'विद्युत उत्पादनमा हामी धनी छौं। तर,उत्पादित विद्युत खपतका लागि बजार सुनिश्चितता खोजिनु आवश्यक छ। अहिले सभावना छ किन बजार सुनिश्चत हुन्छ। दशौं हजार मेघावाटका लागि बजार सुनिश्चित भयो भने ठूलो लगानी नेपालमा भित्रिन सक्छ।'

उनले यस विषयमा नेपाल, भारत र बंगलादेशबीच सम्झौता भयो भने भविष्यसम्म नेपालले सम्झने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको भन्दै यसलाई मात्रै ठिक ढंगले खुलाउन सकियो भने नेपालका लागि फाइदा हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.