बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : अर्थमन्त्री

बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा.प्रकाशन शरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका उपशंका नगर्न आग्रह गरेका छन्। मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.महतले यसपाली भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

उनले भने,'यसपाली बजेट  भिन्न किसिमले आएको छ । बजेट त आएको हो तर कार्यान्वयन हुन्छ र ? भन्ने प्रश्न विगतमा उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिन्छ।'

सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ।

अर्थमन्त्री महतले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ। राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनले बताए।

उनले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको बताए। समग्रमा बजेटले आउने दिनमा आथिक वृद्धि र आर्थिक वृद्धिको पहुँचमा आमनागरिक पुर्‍याउने लक्ष्य लिएको बताउँदै अर्थमन्त्री महतले बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताए।

तर पनि  पुँजीको सुनिश्चिता चु्नौतीपूर्ण रहेको उनको भनाइ छ। उनले विद्युतीय सवारीलाई प्रमोट गर्ने सरकारको उद्देश्य रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.