गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानबिन हुन्छ,ठूला भ्रष्टाचारका फाइल खोल्छौं : प्रचण्ड

गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानबिन हुन्छ,ठूला भ्रष्टाचारका फाइल खोल्छौं : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन्। मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताए।

उनले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।

राज्यको नेतृत्वमा बस्नेहरू नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङमार्फत् हुने भ्रष्टाचारविरुद्ध दरोसँग उभिने संकल्प गरेको बताए। प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केहि नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए । उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.