तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा सुमनको ह्याट्रिक

तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा सुमनको ह्याट्रिक

ओखलढुंगाः तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा नेपाली धावक सुमन कुलुङ ह्याट्रिक गरेका छन्। 

सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) को खुला फुल म्याराथनमा सुमनले तेस्रो पटक जित हात पार्दै ह्याट्रिक गरेका हुन्। 

उनले तीन घण्टा ४८ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै लगातार तेस्रो पटक जित हत पारे। यो म्याराथन विश्वकै अग्लो स्थानमा हुने दौड प्रतियोगिता हो। 

दोस्रो स्थान दलबहादुर कुँवरले लिए। उनले तीन घण्टा ५७ मिनेट ५३ सेकेण्डमा पार गरे भने चार घण्टा दुई मिनेट तीन सेकेण्डमा उमेश राईले पार गर्दै तृतीय भए। उनीहरु तिनै जना नेपाली हुन्। 

त्यस्तै ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा तीर्थबहादुर तामाङ प्रथम भए। उनले निर्धारित दूरी ८ घण्टा ३८ मिनेट ९ सेकेण्डमा पार गरे। दोस्रो स्थान तिलकबहादुर सुनुवारले बनाए। सुनुवारले ९ घण्टा २ मिनेट ३१ सेकेण्डमा दूरी पार गरे। किरन कुलुङले ९ घण्टा २६ मिनेट ३८ सेकेण्ड लगाएर तेस्रो स्थान हात पारे। 

२१ किलोमिटरको हाफ म्याराथनमा ३ घण्टा १९ मिनेट ४८ सेकेण्डमा पार गर्दै भारतीय धावक सम्झना राई प्रथम भइन्। 

तीन घण्टा २१ मिनेट ४१ सेकेण्ड लगाएर अष्ट्रेलियाका एम्मा विलियम्स दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेवले ३ घण्टा २३ मिनेट ५४ सेकेण्ड लगाएर तेस्रो स्थान हात पारे। 

४२ किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेण्ड लगाउँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेण्ड लगाउँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घण्टा ३० मिनेट ४३ सेकेण्ड लगाउँदै चीनका म्यथ्यु विलियम तेस्रो भए। 

४२ किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले ५ घण्टा २८ मिनेटमा पार गर्दै प्रथम भएकी छन्। दोस्रो स्थान ५ घण्टा २८ मिनेट ३६ सेकेण्ड लगाएर लाक्पा मिङ्मा शेर्पाले हात पारिन्।  दिलकला कुलुङले ५ घण्टा ३१ मिनेट ५४ सेकेण्ड लगाएर तेस्रो स्थान हात पारेकी थिइन्। 

म्याराथन प्रतियोगितामा ६९ नेपालीसहित २८ देशबाट २०४ जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनले जनाएको छ। म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशका धावकले भाग लिएका थिए। प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्षसम्मका धावकले भाग लिएका थिए।

सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पारेर १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.