चिनियाँ जहाजले ‘निगम घाटामा’

काठमाडौं : नेपाल वायुसेवा निगमले चिनियाँ जहाज सञ्चालनमा रहँदा घाटा बेहोरेकाले नै ग्राउन्डेड गरेको बताएको छ। एम ६० र वाइ १२ चिनियाँ जहाज ग्राउण्डेड सम्बन्धमा संसद्मा समेत प्रश्न उठेपछि निगमले चिनियाँ जहाजको व्यवस्थापनको प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
निगमसँग २ एमए–६० र ३ वाइ–१२ चिनियाँ जहाजहरू ग्राउन्डेड भएको करिब ३ वर्ष भइसक्यो।
विभिन्न समयमा गठित अध्ययन समितिले उक्त जहाजहरू सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या रहेको उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस !
