भन्सार एजेन्टले प्रतिनिधि राख्न नपाउने

भन्सार एजेन्टले प्रतिनिधि राख्न नपाउने
सुन्नुहोस्

अहिले करिब ८ सय एजेन्ट र १६ सय प्रतिनिधि कार्यरत रहेकामा ऐन संशोधन भएपछि ८ सय जनाले मात्र काम गर्दै आएका छन्।

काठमाडौं : सरकारले भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरेको छ। आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गर्दै आयात निर्यात कार्य व्यवसायीको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था खारेज गरेको हो।

अनुमतिप्राप्त भन्सार एजेन्टले २ जनाको दरले भन्सार प्रतिनिधि राख्न पाउने व्यवस्था थियो। ऐन संशोधन भएसँगै अब प्रतिनिधि भन्ने पद नै नहुने भएको हो। भन्सार ऐनको दफा ५१ मा आयात निर्यात हुने मालवस्तु भन्सार छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि भन्सार एजेन्टलाई आधिकारिक व्यक्ति तोकेपछि एजेन्टले आफैं वा आफ्नो प्रतिनिधिमार्फत व्यवसायीको काम गरिदिन पाउँथ्यो। उनीहरूले भन्सार विभागबाट अनुमति लिनुपर्छ।

समयक्रममा भन्सार एजेन्टको लाइसेन्स खारेज हुँदैगर्दा र निधन हुँदै गर्दा १ सय ७० एजेन्ट बाँकी रहेपछि भन्सार विभागले ६ सय ६० एजेन्ट थप गरेको थियो। अहिले करिब ८ सय एजेन्ट र १६ सय प्रतिनिधि कार्यरत रहेकामा ऐन संशोधन भएपछि ८ सय जनाले मात्र काम गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.