के छन् भारत भ्रमणका एजेन्डा ?

के छन् भारत भ्रमणका एजेन्डा ?
सुन्नुहोस्

राजनीतिक प्रणालीको विषयको कुरा गर्दा बहुलवाद, प्रजातन्त्र, बहुदलीय शासन व्यवस्था जस्ता आधारभुत कुरा हामीले मान्दै आएका छौं। हाम्रो बीचको सम्बन्ध जुन स्तरमा छ, प्रधानमन्त्रीको भ्रमणपछि थप बलियो हुन्छ भन्नेमा हामी विश्वस्त छौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने र व्यापार विस्तारका लागि कोसेढुंगा बनाउने कोसिस भइरहेको छ। हाम्रो विद्युत् उत्पादनमा भारतीय लगानी आकर्षित गर्ने र ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने मुख्य उद्देश्य हो। बंगलादेशमा पनि हाम्रो विद्युत् व्यापारका आधार तयार गर्ने कोसिस हुनेछ।

हाम्रो विद्युत्मा लगानी अभिवृद्धि गर्ने मात्र होइन, उत्पादित विद्युत् बिक्री हुने बजार पनि आवश्यक छ। हामी लगानीको वातावरण बनाउन तयार रहेकोमा भारतलाई आश्वस्त गराउनेछौं। भारतले ऋण दिन गरेको प्रतिबद्धता (लाइन अफ क्रेडिट)का आधारमा ट्रान्समिसन लाइन विस्तार गर्ने र विद्युत् व्यापार बढाउने विषयमा छलफल केन्द्रित हुनेछ।

भारतसँग पारवहन सन्धि हाम्रा लागि महत्वपूर्ण छ। नेपाल–भारत व्यापार सम्झौता अध्यावधिक गर्ने विषयमा पनि छलफल हुनेछ। नेपालमा उत्पादित कृषि उत्पादनको भारतीय बजारसम्म पहुँच स्थापना हुन सकोस् भन्ने हाम्रो उद्देश्य हो। नेपालको दुईतिहाइ व्यापार भारतसँग हुन्छ। त्यसलाई सरलीकृत हुने किसिमले संवाद होस् भनेर प्रधानमन्त्रीको भ्रमण टोलीमा उद्योग वाणिज्य क्षेत्रलाई पनि समावेश गरेका छांै। निजी क्षेत्रका उद्योगी–व्यवसायी र भारतका उद्योगी व्यवसायी व्यापारलाई सहज र सरल बनाउने विषयमा छलफल हुनेछ। 

हवाई कनेक्टीभिटीको कुरा गर्दा सिमरा नाका व्यस्त छ। वैकल्पिक रुटका लागि सम्भाव्यता अध्ययन गर्नेबारे छलफल भइरहेको छ। त्यसका लागि हाम्रो आवश्यकता के हो भनेर पनि हामीले भारतलाई भनिसकेका छौं। महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगर रुटको अनुमति दिन कुरा राखेका छौं। त्यसबारे प्रधानमन्त्रीको यो भ्रमणमा सकारात्मक प्रतिफल आउने विश्वास छ। 

यसैगरी सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई जोड्न पिथौरागढ, पर्शुरामधाम र झुलाघाटमा पुल बनाउने कुरा लामो समयदेखि उठ्दै आएको छ। त्यसलाई कार्यान्वयनमा लैजानेबारे पनि हाम्रो प्रस्ताव हुनेछ। दार्चुला र धार्चुला जोड्ने पुलको ठेक्का लागिसकेको छ। त्यो पुल निर्माणाधीन छ। समयमै उक्त पुल निर्माण गर्ने विषयमा छलफल हुनेछ। 

नेपाल–भारत सीमामा एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गर्ने र सुक्खा बन्दरगाह शिलान्यास गर्ने कार्यक्रम छ। ट्रान्समिसन लाइन बनाउने र विद्युत् व्यापार गर्नका लागि नेपालले जोड दिनेछ। यसबाहेक कतिपय अरू मुद्दा पनि छन्। नेपाल सरकारले सिमाको विषयलाई पनि प्राथमिकता दिएर आफ्नो दृष्टिकोण राख्नेछ। प्रधानमन्त्रीको भ्रमणलाई फलदायी र एजेन्डा बनाउन विभिन्न तहका कमिटी बनेका छन। मन्त्रीस्तर, सचिवस्तर, सहसचिवस्तरमा विभिन्न समूह बनेका छन्। ती कमिटीले काम गरिराखेका छन्। त्यसकारण यो भ्रमणका लागि पर्याप्त तयारी भइरहेको छ। 

भारतस्थित दिल्ली राजदूतावासमा रात्रीभोजको कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट तय भएको छ। भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग छुट्टाछुट्टै भेट तय भएका छन्। प्रधानमन्त्री प्रचण्डले इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रम छ। दिल्ली हुँदै स्वदेश फर्कने तय भएको छ। 

नेपाल र भारतबीच परम्परागत सम्बन्ध छ। दुई देश नै प्राचीन सभ्यताका हिस्सेदार हुन्। राजनीतिक प्रणालीको विषयको कुरा गर्दा बहुलवाद, प्रजातन्त्र, बहुदलीय शासन व्यवस्था जस्ता आधारभुत कुरा हामीले मान्दै आएका छौं। हाम्रो बीचको सम्बन्ध जुन स्तरमा छ, प्रधानमन्त्रीको भ्रमणपछि थप बलियो हुन्छ भन्नेमा हामी विश्वस्त छौं। आमनिर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीको विदेश भ्रमण हुँदै छ। यो भ्रमणपछि दुवै देशको सम्बन्ध अभैm सुदृढ, र मजबुत हुने विश्वास छ। 
(साउद परराष्ट्रमन्त्री हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.