अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला

अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा बुधबार बिहान हाडनाता करणीका एकजना आरोपित मृत फेला परेका छन् । 

हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ वर्षीय पुरुष शौचालयभित्र मृत्यु भएको अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार शौचालयको भित्रबाट ढोका बन्द गरी चुकुलको हेन्डिलमा आफैंले लगाएको हरियो कपडा (गाउन)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको हो । 

प्रहरीका अनुसार बिहान ५:२० बजेतिर उनी शौचालय छिरेका थिए । उनले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । हाडनाता करणीको आरोप लागेपछि अनुसन्धानका लागि जेठ १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । हाडनाता जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्नलाई जेठ १४ गते आइतबार विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला उनले आत्महत्याको प्रयास गरेका हुन् । 

प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा गएका नेपाली निक्कै बेरसम्म बाहिर नआएपछि हेर्दा त्यहाँभित्रै अचेत अवस्थामा लडिरहेको भेटिएका थिए । 

घाँटीको अगाडिको भाग रेटेर घाइते भएको अवस्थामा शौचालयभित्र भेटिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो । रगताम्य अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको र उनीविरुद्ध म्याद थप नभएको डीएसपी दाहालले बताए । वकिल कार्यालयको शौचालयभित्र रहेका फलामको टुक्राले आँफैले घाँटी रेटेको हुनसक्ने अनुमान गरिएको छ । 

बोल्न नसक्ने अवस्थाका उनलाई थप उपचारका लागि कोसीबाट नोबेल अस्पताल लगियो । आकस्मिक कक्षमा उपचाररत थिए । जिम्मा जमानीमा लिएर आफन्तले उपचार गराइरहेका उनी अस्पतालको शौचालयभित्र पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उपचार पश्चात निको हुँदै गएका उनले आफूलाई मर्न मन लागेकाले नबचाउन पटक–पटक आग्रह गर्ने गरेको आफन्तले बताएका छन् । 

‘खोजेका बखत उपस्थित गराउने गरी प्रहरीबाट जिम्मा जमानीमा लिएर हामीले उपचारका लागि लगेका थियौं । तर, उहाँले बाँच्न मन छैन भन्दै आफूलाई मर्न दिन पटक–पटक भनिरहनु भएको थियो,’ एक आफन्तले भने, ‘उपचार ठीक हुँदै थियो । हामीले सम्झाईबुझाई गर्ने काम गरिरहेका थियौँ ।’ तर, शौचालयभित्र गाउनको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको उनले बताए । 

डीएसपी दाहालका अनुसार आफूले गरेको घटना बाहिरिएपछि हिनतावोध भएर उनले आत्महत्या गरेको हुनसक्ने बताए । ‘शौचालयको ढोका भित्रबाट लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिँदैन,’ उनले भने, ‘शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ । थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.