बाराको पचरौता नगरपालिकाले एमबीबीएस अध्ययनरत दुई  विद्यार्थीलाई १० लाख दियो

बाराको पचरौता नगरपालिकाले एमबीबीएस अध्ययनरत दुई  विद्यार्थीलाई १० लाख दियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुईजना विद्यार्थीलाई जनही १० लाख रुपैयाँ प्रदान गरेका छन्। जनप्रतिनिधिको रुपमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुखले सिंहले छात्रवृत्तिस्वरुप रकम प्रदान गरेका हुन् ।

नगरपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौता ५ कि निशा चौरसिया र वडा नं. १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गरेका हुन् । निशा र अंशु दुबै एमबीबीएस अध्ययनरत विद्यार्थी हुन् ।

नगर प्रमुख सिंहले यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गरेका थिए । अध्ययनका लागि नगरपालिकाबाट सहयोग प्राप्त गरेकी यादव समेत कार्यक्रममा सहभागी भएकी थिइन् ।

छात्रवृत्ति पाएका छात्रछात्राले निर्वाचनको समयमा नगर प्रमुख सिंहले गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए । नगर प्रमुखले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छात्रछात्राको भनाइ थियो ।

कार्यक्रममा नगर प्रमुख सिंहले  राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई समेत सहयोग हस्तान्तरण गरेका छन् । क्रिकेट प्रशिक्षणका लागि सिंहले भुलन सहनीलाई २ लाख २५ हजार, सुशान्त सिंहलाई एक लाख ५० हजार, सहजाद हुसेन अंसारीलाई १ लाख,अभयकुमार सिंहलाई ६५ हजार र समीर अंसारीलाई ६० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी नगर प्रमुख सिंहले नगर क्षेत्रभित्र रहेका विभिन्न विधालयलाई १ सय २६ थान पंखा हस्तान्तरण गरेका छन् ।

छात्रवृत्ती र पंखा हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले पचरौताको विकासले गति लिँदै गरेको बताए । आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएर अघि बढेको बताउँदै सिंहले नगरबासीले आगामी दिनमा नगरबासीले अनुभूति हुनेगरी काम हुने बताएका छन् ।

पचरौतामा एक सय शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको बताउँदै सिंहले हालै सञ्चालनमा आएको प्रयोगशालामा आगामी वर्षदेखि ल्याब परिक्षणलाई निशुल्क बनाइने बताए ।

निर्वाचित भएर आएको लामो समय मुद्दा मामिलामा अल्झाइएको बताउँदै सिंहले पचरौता र नगरबासीको पक्षमा काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताए । कार्यक्रममा सिंहले एक वर्षमा नगरले गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपप्रमुख नसिमा खातुन,प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र,वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा सहसंयोजक मुकेशकुमार सिंह, अन्य वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.