सेयर लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस : आयकरको दायरामा पर्नुहुन्न,आत्तिनु पर्ने कारण छैन

सेयर लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस : आयकरको दायरामा पर्नुहुन्न,आत्तिनु पर्ने कारण छैन
सुन्नुहोस्

काठमाडौं :अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत रहेको दावी गरेका छन्। आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा समावेश नीतिहरुले मुलुकको आर्थिक अवस्था सुधारका लागि भूमिका खेल्ने बताएका हुन् ।

उनले प्रशासनिक खर्च न्युनिकरणका लागि बजेटमार्फत् इमान्दार प्रयास भएको जिकिर गरे।  पुँजीगत खर्चको प्रभावकारीता बढाउन थाले बैदेशिक सहयोग परिचालन हुने र थप सहयोग आउने ढोकाहरु खोलिने उनले बताए ।

अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदले खर्च गर्न नपाउने तर सांसदले सिफारिस गरेको आधारमा संघले बजेट दिने जानकारी दिए । उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्ने नीति सरकारको नभएको भन्दै विधुतीय सवारी साधानलाई प्रोत्साहन गर्ने नीति रहेको स्पष्ट पारे।

त्यस्तै उनले सेयरमा लगानी गरेकाहरू आयकरको दायरामा नपर्ने भन्दै कोहि पनि लगानीकर्ता आत्तिनु पर्ने कारण नरहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.