सशस्त्र जनविद्रोहका लागि जनसेना तयार गर्न भन्दै गोरखा बजारमा चन्दा अभियान

सशस्त्र जनविद्रोहका लागि जनसेना तयार गर्न भन्दै गोरखा बजारमा चन्दा अभियान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : सशस्त्र जनविद्रोहका लागि जनसेना तयार गर्न भन्दै एक भूमिगत पार्टीले गोरखा बजारका व्यापारीसित चन्दा संकलन अभियान सुरु गरेको छ। नेकपा (माओवादी)नामको लेटर हेडमा पत्र लेख्दै सो पार्टीले गोरखा बजारका व्यापारीसित चन्दा माग गरेको हो ।

महासचिव ‘गौरव’ले हस्ताक्षर गरेको सो पत्रमा सशस्त्र जनविद्रोहको तयारी गरिरहेकाले आर्थिक,नैतिक,भौतिक सहयोग गर्न आग्रह गरिएको छ । ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न सशस्त्र जनविद्रोहको माध्यमबाट अघि बढिरहेका छौँ’,जेठ १६ गतेको मितिमा जारी सो चिठीमा लेखिएको छ,‘इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि हामीले सञ्चालन गरेको विशेष आर्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं ।’

एमसीसी,एसपीपीजस्तो राष्ट्रघाती सम्झौताले देशलाई टाट पल्टाउने,दलाल,कमिशनखोर, भ्रष्ट, तस्कार, राष्ट्रघातीका विरुद्ध आफ्नो पार्टीले अनेकौं चेतावनीसहित कारबाही गरिरहेको चिठीमा उल्लेख गरिएको छ । 'हामीले सञ्चालन गरिरहेको जनकारबाही हाम्रो पार्टीको स्वार्थमा केन्द्रित नभएर देश र जनताको स्वार्थ,हित र मागसँग सम्बन्ध जोडिएको छ’,सो चिठीमा लेखिएको छ,‘राज्यले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गर्न थालेपछि जनताको माग अनुरुप हाम्रो पार्टीले जनकारबाही गर्न सत्ता र सेना परिचालन गर्न तपाईंको आर्थिक सहयोगको अपेक्षा गरेका छौँ ।’

व्यापारीहरूले भने सो पार्टीलाई आर्थिक सहयोग गर्न नसक्ने बताएका छन् । ‘चिठी बाँड्दै आएका थिए,तर हामीले पैसाचाहिँ दिन सकिएन’,स्थानीय व्यापारी मनोज बस्नेतले भने,‘व्यापारमा यस्तो मन्दी भएका बेला हामीसित के पैसा हुन्छ र सहयोग गर्ने ?’

बैंकको ऋण तिर्न नसकेको,घरभाडा पनि तिर्न नसकिरहेको अवस्थामा चन्दा दिन नसकिने अर्का व्यवसायी राजकुमार थापाले बताए । बैंकको किस्ता तिर्न नसकेको कति महिना भयो, साहुजीको घरभाडा तिर्न नसकेको कति समय भयो सोध्नु । अनि मैले कसरी चन्दा दिन सक्छु तपाईं आफै भन्नु भनेर फर्काइदिएँ’,उनले भने

अर्का व्यवसायी विष्णुप्रसाद तिमिल्सिनाले पनि आफूलाई चन्दा माग गरिएको चिठी आएको तर के गर्ने भनेर अलमलमा परेको बताए। भूमिगत पार्टीले चन्दा अभियान सञ्चालन गरेको बारे कुनै सूचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसबारे यथासीघ्र अनुसन्धान गर्ने एसपी अनुपम श्रेष्ठले जानकारी दिए । 

nullचन्दा माग गर्दै गोरखा बजारका व्यापारीलाई दिइएको चिठी ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.