प्रचण्ड–मोदीले नेपालगन्ज आईसीपी संयुक्त उद्घाटन आज

काठमाडौं : नेपालगन्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी बिहीबारबाट सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्ने भएका हुन्।
अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण पूर्वाधार भनिने एकीकृत जाँचचौकीमा नेपाल र भारत दुवैपट्टि एकै किसिमका पूर्वाधार हुनेछन्। जाँचचौकी भारत सरकारले बनाइदिएको हो।
जाँचचौकी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ। नेपालतिर ६० बिघामा फैलिएको जाँचचौकीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, तौल नाप्ने पुल आदि पूर्वाधार तयार भएको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए।
नेपाल भारत सीमामा वीरगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँचचौकी सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस !
