बागलुङका स्थानीय तहको बजेट ८ करोडले घट्यो

बागलुङका स्थानीय तहको बजेट ८ करोडले घट्यो
सुन्नुहोस्

बागलुङ : बागलुङका स्थानीय तहको बजेट ८ करोडले घटेको छ । बागलुङका १० स्थानीय तहका लागि संघीय सरकारले आगमी वर्षका लागि ८ करोड ४५ लाख बजेट घटाएको हो।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पाँच पालिकाको बजेट घटाएको हो भने पाँच पालिकामा बजेट बढेको छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको बजेट बढेको छभने गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको बजेट घटेर आउने भएको हो ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार अर्ब २६ करोड ३६ लाख बजेट विनियोजन गरेको छ । जुन चालू आवको तुलनामा ८ करोड ४५ लाख कम हो ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटको बाँडफाँट गर्दा चालू आवको तुलनामा आगामी आवको बजेट घटाइएको हो । सङ्घीय मात्रै हैन प्रदेशको बजेटसमेत चालू वर्षको तुलनामा घटेर आउने देखिन्छ । 

चालू आवका लागि सङ्घीय सरकारबाट यहाँका दश स्थानीय तहलाई चार अर्ब ३४ करोड ८१ लाख बजेट प्राप्त भएको थियो । बागलुङमा सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५ करोड १ लाख बजेट चालुको तुलनामा बढेर आएको अर्थ मन्त्रालयले जनाएको छ । 

उक्त नगरलाई आगामी आवका लागि ९० करोड २६ लाख बजेट विनियोजन गरिएको हो । बागलुङमा चालू आवमा सङ्घीय सरकारको बजेट ८५ करोड २५ लाख बजेट प्राप्त भएको थियो । यस्तै जैमिनी नगरपालिकामा आगामी आवका लागि ५३ करोड ४७ लाख बजेट विनियोजित भएको छ । उक्त नगरमा चालु आवमा संघीय सरकारबाट ५२ करोड २५ लाख विनियोजित भएको थियो । जुन गतवर्षको तुलनामा १ करोड २२ लाख बढी हो । 

यस्तै ढोरपाटन नगरपालिकाको बजेट समेत बढेर आएको छ । उक्त नगरमा चालू आवका लागि ३७ करोड २८ लाख बजेट विनियोजित भएको छ । चालु आवमा सोही पालिकामा ३७ करोड एक लाख विनियोजित भएको थियो । जुन गतवर्षको तुलनामा २७ लाख रकम बढी हो ।

नगरपालिका तर्फ गलकोट नगरपालिकाको बजेट घटेको छ । उक्त नगरमा आगामी आवका लागि ४९ करोड ५८ लाख बजेट विनियोजित भएको छ । चालु आवमा ५१ करोड एक लाख बजेट विनियोजत भएको थियो । चालु आवको तुलनामा गलकोटको बजेट १ करोड ४३ लाख बजेट घटेर आएको हो ।

यसैगरी, काठेखोला गाउँपालिकामा चालु आवको तुलनामा २ करोड २८ लाख रुपैयाँ बजेट वृद्धि भएर आएको छ । काठेखोलामा आगामी आवको लागि ४२ करोड ४ लाख रुपैयाँ विनियोजित भएको छभने चालु आवमा ३९ करोड ७६ लाख रुपैयाँ विनियोजित भएको थियो ।

यस्तै,बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि  ४८ करोड ५४ लाख बजेट विनियोजन भएको छ । यसलाई चालू आवमा ४८ करोड चार लाख बजेट बिनियोजन भएको थियो । चालू आवको तुलनामा उक्त गाउँपालिकाको आगामी बजेट ५३ लाख बजेट बढेको हो । 

यस्तै,निसीखोला गाउँपालिकालाई आगामी आवमा ३० करोड ६७ लाख बजेट विनियोजन भएको छ । यहाँ चालू आवमा ३३ करोड १२ लाख बजेट आएको थियो । चालूको तुलनामा आगामी वर्षको बजेटमा दु्ई करोड ४५ लाख बजेट घटेर आउने भएको छ । 

यसैगरी बरेङ गाउँपालिकालाई आगामी वर्षका लागि २८ करोड ९७ लाख बजेट प्राप्त हुने भएको छ । उक्त पालिकाको चालू आवमा ३० करोड पाँच लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी वर्ष यस गाउँपालिकाको बजेट एक करोड आठ लाख बजेट घटेको छ । 

ताराखोला गाउँपालिकालाई आगामी वर्षको लागि २५ करोड १८ लाख बजेट प्राप्त हुने भएको छ । उक्त पालिकाको चालू आवमा २६ करोड ४३ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी वर्ष यस गाउँपालिकाको बजेट एक करोड २६ लाख बजेट घटेको छ । 

यस्तै, तमानखोला गाउँपालिकाको लागि २० करोड ३७ लाख बजेट विनियोजित भएको छ । सोही पालिकामा चालु आवको लागि २१ करोड ९० लाख बजेट विनियोजित भएको थियो । तमानखोलामा चालु आवको तुलनामा आगामी वर्षको लागि १ करोड ५३ लाख रुपैयाँ बजेट घटेर आउने भएको छ । 

संघीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । 

सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.