उपल्लो मुस्ताङमा आनी गुम्बा विद्यालय

उपल्लो मुस्ताङमा आनी गुम्बा विद्यालय

जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङमा नवनिर्मित लेक्से छ्योलिङ्ग गुम्बासहितको विद्यालय शनिबार ४२ औं गद्दीधार शाक्या रत्न वज्र रिन्पाछेले उद्घाटन गरेका छन्। झन्डै दुई दशक अघिदेखि पूर्वाधार निर्माण सुरु गरिएको चराङको लेक्से छ्योलिङ गुम्बा विद्यालयको सम्पूर्ण पूर्वाधार निर्माण केही वर्षअघि सम्पन्न भएको थियो।

बुद्धिस शाक्या सम्प्रदायकै पहलमा विभिन्न चन्दादाताहरूबाट संकलन गरिएको रकम र साक्या गुम्बा विद्यालयकै आन्तरिक स्रोतको रकम करिब ६ करोड रुपैयाँको बजेटमा चराङमा गुम्बाको दुईतले विद्यार्थी छात्रावास भवन, दुईतले गुम्बा विद्यालय र तीनतले गुम्बा  निर्माण भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उनका अनुसार चराङमा अवस्थित  लेक्से छ्योलिङ गुम्बा विद्यालयमा आनीहरूलाई लक्षित गरी नेपाल सरकारको शैक्षिक मापदण्डअनुसारको पाठ्यपुस्तक र बुद्धिस शिक्षाको पठनपाठन सञ्चालन भइरहेको उल्लेख गरे।

बुद्धिस धर्मको मापदण्डअनुसार निकै कलात्मक शैली थान्का पेन्टिङ र भित्तेलेखन गरी गुम्बा विद्यालयको भौतिक संरचना निर्माण गरिएको अध्यक्ष बिष्टले बताए। उनका अनुसार सो गुम्बा विद्यालयमा हाल कक्षा ८ सम्मको पठनपाठन भइरहेको र त्यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका आनी झुमाहरू पढ्ने गरेका छन्।

उपल्लो मुस्ताङमा साक्या सम्प्रदायका दर्जनौं गुम्बाहरू छन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा पाँचौं विश्वशान्ति प्रणिधान (मोन्लम) पूजाका लागि आमन्त्रित भारत देहरादुन बस्दै आइरहेका ४२औं गद्दीधार रिन्पोछे पूजा सकेर गत बुधबार उपल्लो मुस्ताङ प्रस्थान गरेका थिए।उनलाई उपल्लो मुस्ताङका साक्या सम्प्रदायका लामा, भिक्षु भिक्षुणी र स्थानीयवासीले स्वागत गरेका थिए। उनले त्यहाँ बौद्ध धर्म परम्पराअनुसार पूजापाठ गरी चराङको आनी गुम्बा विद्यालयको उद्घाटन गरेका हुन्।

सोही क्रममा रिन्पोछेले  उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका एक दर्जनबढी विभिन्न शाक्या गुम्बाहरूको अवलोकन गरेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष बिष्टले जानकारी दिए। उनका अनुसार रिन्पोछेले लोघेकर—१ मराङको विश्वकै पहिलो र पुरानो दाबी गरिएको लोघेकर (घर) गुम्बाको पनि अवलोकन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.