ग्लोबल हाइड्रोपावरको लापरबाही : टनेल लिक हुँदा बस्ती जोखिममा

ग्लोबल हाइड्रोपावरको लापरबाही : टनेल लिक हुँदा बस्ती जोखिममा
सुन्नुहोस्

रामेछाप : दुगड समूहले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-१ गुम्देलमा निर्माण गरेको ग्लोबल हाइड्रोपावरको सुरुङ (टनेल) लिक हुँदा बस्तीनै जोखिममा परेको छ। 

ग्लोबल हाइड्रोले गत वैशाख २० गते परीक्षणका लागि सुरुङमा पठाएको पानी २९ गतेबाट बस्ती माथि पानी देखिन थालेको स्थानीय बासिन्दा बताउँछन्। 

टनेल मार्फत लगिएको पानी ९ दिनपछि बस्तीमा देखिएपछि स्थानीय त्रसित हुँदै आन्दोलित समेत भएका छन्। वर्षाको बेलामा समेत त्यस स्थानमा पानी नदेखिने गरेको तर हाइड्रोपावरले सुरुङमा पानी हालेपछि बस्ती माथिको भीरमा पानी निस्कन थालेको स्थानीय बेदबहादुर घिमिरे बताउँछन्। घिमिरे भन्छन्-'म ७० वर्षको भएँ आज सम्म यसरी पहरामा पानी देखेको थिएन। 

टनेल लिक हुँदा उमाकुण्ड-१ को पेकरनास, कोरेम, बच्छी बस्तीका झण्डै १ सय घर भन्दा बढी घरहरू जोखिममा छन्। अति जोखिममा रहेका ४३ घरमध्ये १३ घरधुरीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको छ। 

हाइड्रोपावरले स्थानीय सोझा नागरिकलाई हेपेको र जबर्जस्ती गरेर निर्माण कार्य गर्ने गरेको स्थानीय राजेन्द्र घिमिरे बताउँछन्। गाउँका केही मान्छेहरूलाई साथ लिएर निमुखा सर्वसाधारणलाई धम्की दिँदै पेल्ने गरेको घिमिरेको भनाइ छ। 

घर माथि पाखाबाट पानीको छाँगा नै बग्न लागेपछि घर छाडेर हिडेको मिठी खत्री बताउँछिन्। मिठी रुँदै भन्छिन्, 'आफू एकल महिला भएको र सहारा नभएको त्यसमा पनि घर कतिबेला बगाउने हो भन्ने चिन्ताले पोलिरहन्छ। तत्काल ज्यू धनको सुरक्षा गरिदिनु पर्ने खत्रीको माग छ। स्थानीय त्रसित हुँदै आन्दोलित भएको बेला हाइड्रोपावरले भने स्थानीयको माग सम्बोधन गर्न सकेको छैन।' 

हाइड्रोपावरले तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्छ : सांसद तामाङ 

प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङले ग्लोबल हाइड्रोपावरले तत्काल स्थानीयको माग सम्बोधन गर्नु पर्ने बताएका छन्। 

बुधबार आन्दोलनरत स्थानीयको माग प्रति एक्यवद्धता जनाउ र हाइड्रोपावरसँग समन्वय गरि स्थानीयको मागलाई दुई पक्ष राखेर छलफल गराउन उमाकुण्ड पुगेका सांसद तामाङले हाइड्रोपावरले स्थानीय बासी माथि ज्याजदी गरेको बताए। टनेल लिक भएर निस्केको पानीले बस्ती र स्थानीयबासीमा पुगेको क्षतिको जिम्मेवारी हाइड्रोपावरले लिनु पर्ने पनि तामाङको भनाइ छ। 

टनेल लिक भएर पानी निस्केको खबर पाएपछि तत्काल विद्युत विकास विभाग पुगेर टनेलमा तत्काल पानी नहाल्न निर्देशन दिन लगाइएको पनि सांसद तामाङले जानकारी दिए। बोल्न नसक्ने जस्तो मान्छेलाई बल मिच्याइँ गरेर उठिबास लागाउन खोजेको तामाङको भनाइ छ। विद्युत विकास विभागले पनि तत्काल टनेलमा पानी नपठाउन निर्देश दिएको छ। 

पानी परीक्षण रिपोर्ट पछि मात्र कारण पत्ता लाग्छ : विभाग 

टनेल लिक भएको हो होइन भन्ने पत्ता लगाउन आसपासमा रहेको मुहान र लिखु खोलाको गरि सात स्थानको पानी ल्याब टेस्टको लागि संकलन गरिएको विद्युत विकास विभागका इन्जिनियर सबिन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। 

बस्ती माथि निस्केको पानी र टनेलमा हालेको पानी परीक्षणमा उस्तै आएमा टनेल सिपेच भएको हुन सक्ने अनुमान गर्न सकिने श्रेष्ठको भनाइ छ। टनेलमा पानी हालेर दुबै साइटको गेट बन्द गरेको ९ दिन पछि बस्तीमा पानी आएर स्थानीय त्रसित भएपछि विद्युत बिकास विभागले इन्जिनियरको टोली पठाएको थियो। 

ग्लोबल हाइड्रोपावरले उमाकुण्ड गाउँपालिका-१ अन्तर्गत लिखु खोलामा सात किलोमिटर लामो सुरुङ निर्माण गरेर ५४ मेगावाट विद्युत निकाल्न अन्तिम तयारी भएको बेला टनेल लिक भएर पानी बस्तीमा आएपछि तत्कालका लागि परीक्षण रोकिएको छ। 

स्थानीयले तत्काल ४२ घरलाई राहत र पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् भने हाइड्रोपावरले भने तत्काल १३ घरलाई मात्र दिन सक्ने जनाएको छ।

स्थानीयले आफ्नो मागमा पछि नहटेपछी सहमति हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षलाई बोलाएर सहमति जुटाउने जिल्ला समन्वय रामेछापकी प्रमुख चिना खड्काले जानकारी दिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.