रास्वपाले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने भएको छ।
रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय भएको मुख्य सचेतक सन्तोष परियारले अन्नपूर्णलाई जानकारी दिए।
सरकारले आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच-पाँच करोडका दरले रकम विनियोजन गरेको छ।
सरकारले स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रमकै लागि सरकारले ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ।