बथनाहा–विराटनगर गुड्यो कार्गो रेल

बथनाहा–विराटनगर गुड्यो कार्गो रेल

विराटनगर : भारतको बथनाहाबाट विराटनगर महानगरपालिका–१८ बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ। आठ किलोमिटर दूरी पार गर्दै बिहीबार विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा निर्माण भएको रेलवे कस्टम यार्डसम्म रेल आइपुगेको हो। बथनाहा–विराटनगर अब नियमित मालवाहक रेल चल्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा सुरु भएको हो। दाहाल र मोदीले बुधनगरमा निर्माण गरिएको कस्टम यार्डको संयुक्त रूपमा उद्घाटन गरेका थिए।  

रेलबाट नियमित रूपमा औद्योगिक कच्चा पदार्थ निकासी–पैठारी हुनेछ। रेल सञ्चालनसँगै कोसी प्रदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन्। आयात तथा निर्यात खर्च घट्ने भएकाले उत्पादित वस्तु सस्तिने हुँदा उपभोक्ता पनि लाभान्वित हुने उद्योगीको भनाइ छ। 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले परीक्षणको पाँच वर्षपछि सञ्चालनमा आएको रेल सेवाले निरन्तरता पाउनुपर्ने बताए। उनका अनुसार रेल मोरङको कटहरीसम्म सञ्चालन हुन सकेको भए अझै सजिलो हुने थियो। 

जग्गाको मुआब्जा विवादका कारण कटहरीसम्म रेलमार्ग विस्तार हुन नसकेर रेल सञ्चालन भएको थिएन। अब भारत तथा तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थको ढुवानी खर्चमा ३५ प्रतिशतसम्म कमी हुने, टुटफुट वा चोरी तस्करीबाट जोगिने र समयको बचत हुने सुरानाको भनाइ छ।

ढुवानीका अन्य साधनको तुलनामा रेलमार्गमार्फत औद्योगिक कच्चा पदार्थ ल्याउँदा झन्डै ३० देखि ४० प्रतिशतसम्म लागत घट्ने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। सस्तोमा कच्चा पदार्थ आयात गर्न सकिने भएपछि उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र नयाँ लगानीकर्ता थपिने अपेक्षा गरिएको उनले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.