सीटीईभीटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

सिन्धुली : काठमाडौंबाट खोटाङ जाँदै गरेको जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको छ । जीप नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप नदीमा खसेको हो ।
एकजना जीवितै सुनकोशीबाट निस्कन सफल भए पनि बाँकी तीनजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
जीपमा चारजना सवार रहेका थिए। बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
