महाकालेश्वरमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले यसरी गरेका थिए पूजा

महाकालेश्वरमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले यसरी गरेका थिए पूजा
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले शुक्रबार महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन्। 

नयाँ दिल्ली हुँदै इन्दोर पुगेका प्रधानमन्त्रीसहितको टोलीले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका हुन्। महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ। 

प्रधानमन्त्री प्रचण्डसहित अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाललगायते पूजाअर्चना गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलाई विशेष पूजाअर्चनाका लागि मन्दिरमा ६ घन्टाका लागि सर्वसाधारणलाई प्रवेश गर्न दिइएको थिएन। प्रधानमन्त्रीसहितको टोलीले विहान ११ बजे पूजाअर्चना गरेका थिए। उज्जैनमा उनीहरूलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले अध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए। उनले भनेका थिए, 'सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, भोलि इन्दोर र धार्मिक सहर उज्जैनको यात्रा गर्नुहुनेछ। मलाई विश्वास छ, तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरको यस यात्रामा तपाईँलाई अध्यात्मिक अनुभूमि मिल्नेछ।' 

null        
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.