भारतको बालासोरमा रेल दुर्घटना : २३३ जनाको मृत्यु,  ९०० जना घाइते

भारतको बालासोरमा रेल दुर्घटना : २३३ जनाको मृत्यु,  ९०० जना घाइते
तस्बिर : बीबीसी।
सुन्नुहोस्

दुर्घटनामा तीनवटा रेल परेका थिए। हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि यसको डब्बा पटरीबाट खसेको थियो र अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट ट्रेनसँग ठोक्किएको थियो।

नयाँ दिल्ली : भारतको ओडिशाको बालासोर जिल्ला नजिकै रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ। यस घटनामा करिब ९०० जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ ।

दुर्घटनामा तीनवटा रेल परेका थिए। हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि यसको डब्बा पटरीबाट खसेको थियो र अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट ट्रेनसँग ठोक्किएको थियो।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ रहेको बताए छन्। 

रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल गएका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.