विश्व वातावरण दिवस : सिन्धुलीमा साइकल र्याली र सरसफाई

सिन्धुली : विश्व वातावरण दिवस २०२३ को अवसरमा सिन्धुलीमा साइकल र्याली र सरसफाई गरिएको छ ।
कमलामाई नगरपालिका सिन्धुली, डिभिजन वन कार्यालय सिन्धुली लगायतका संघ सस्थाको समन्वयमा सिन्धुलीमाढीदेखि मिलनचोक, साङवालेसम्म साइकल र्याली गरिएको हो ।
र्यालीमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, नेपाल रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगायत कर्मचारी, जनप्रतिनिधि, संचारकर्मी, व्यापारी व्यवसायीहरुको सहभागिता रहेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए।
‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने मुल नाराका साथ आयोजित र्यालीको नगर प्रमुख पोखरेलले सिट्ठी फुकेर शुभारम्भ गरेका थिए ।
र्यालीमा सहभागीहरुले मिलनचोक, साङवाले लगयतका क्षेत्रमा सरसफाइ समेत गरेका छन्। र्यालीमा सहभागीले वातावरणको संरक्षण गर्न नसके जगतकै संरक्षण नहुने भन्दै समयमा नै सबै नागरिक सचेत हुनुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस !
