नेपाल सरकारको आग्रहमा भारतले दियो मुर्रा प्रजातिका १५ वटा भैंसी

नेपाल सरकारको आग्रहमा भारतले दियो मुर्रा प्रजातिका १५ वटा भैंसी

काठमाडौं : भारत सरकारले मुर्रा जातिका १५ वटा भैंसी नेपाललाई प्रदान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौरान नेपाल सरकारको आग्रहमा उक्त प्रजातिको भैंसी नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरिने भारतीय दूतावासले जनाएको छ।

भ्रमणका दौरान नेपाल र भारतबीच कृषि तथा पशुपन्छी क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ। जसअनुसार रासायनिक मल, प्राकृतिक खेतीका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ। 

'कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यका साथ दुई पक्षबीच द्विपक्षीय सहयोगका नयाँ मार्गहरू जस्तै नानो-फर्टिलाइजर र प्राकृतिक खेतीबारे छलफल भएको थियो। भारत-नेपाल कृषि तथा पशुपन्छीसम्बन्धी क्षेत्रमा सहकार्यअन्तर्गत नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराइएको छ,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.