त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री विरुद्ध प्रदर्शन

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी भएको छ।
चार दिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर भन्दै सिनामंगल अगाडि उनीहरूले नाराबाजी गरेका हुन्।
नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नाराबाजी गर्नेहरू नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ।
गत जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपाल फर्कँदै छ। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन्। प्रधानमन्त्री प्रचण्ड सहितको टोली केहीबेरपछि विमानस्थल आइपुग्ने छन्।
प्रतिक्रिया दिनुहोस !
