पशुपतिनाथमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन हुने, भारतबाट १५ हजार भक्तजन आउँदै

पशुपतिनाथमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन हुने, भारतबाट १५ हजार भक्तजन आउँदै
सुन्नुहोस्

काठमाडौं : श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले जेठ २७ गते पाशुपत क्षेत्रको हंसमण्डपमा श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिने भएको छ। 

उक्त दिन बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गर्ने कार्यक्रम छ। १४ हजार ६ सय ४१ पटक एकै दिन अतिरुद्री पाठ गर्ने आयोजकको भनाइ छ। 

विकास मार्गले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। संस्थाका संरक्षक अमर पन्तले दिएको जानकारी अनुसार अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ त्रयम्बकेश्वर, नासिकका पिठाधिश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेको उक्त दिन मुख्य प्रवचन हुनेछ। 

मोरेले सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्नेछन्। हंसमण्डपमा यस किसिमको श्री अतिरुद्रात्मक रुद्राक्ष लिङ्गार्चन तथा श्री ललिता सहस्रनाम पाठ महोत्सव पहिलो भएको उनको भनाइ छ। 

नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यो अनुष्ठानमा सहभागी हुन चाहने श्रद्धालु भक्तजनहरूलाई प्रवेश निःशुल्क गरिएको छ।

संस्थाका अध्यक्ष अभिराज आचार्यका अनुसार भारतका विभिन्न स्थानलगायत विश्वभरबाट १५ हजार श्रद्धालु भक्तजनको उपस्थिति हुनेछ। उक्त विशेष कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि हुनेछन्। 

आचार्यले भने, ‘सम्पूर्ण प्राणी जगत्को उद्धार एवं कल्याणार्थ श्री गुरुदत्तात्रय महाराजले स्वामी समर्थ महाराजको रूपमा प्रकट भई दिंडोरी प्रणित सेवामार्ग स्थापना गर्नु भएको हो। उहाँ विभिन्न रूपमा सनातन कालदेखि यस धर्तीमा प्रकट भई कार्यरत हुनुहुन्छ।’ 

उनका अनुसार, पछिल्लो समयमा श्री स्वामी समर्थ ई.सं. १८५६ मा प्रकट भई नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्डसम्म भ्रमण गरेका छन्। उनले थपे, ‘उहाँ नै सिरडीका साइबाबा शेगाउँका भी गजानन महाराज, हुम्नावादका माणिक प्रभुजस्ता सन्तका गुरुको मानिनु हुन्छ।’ 

उक्त संस्थाले ७० वर्षदेखि  १८ विभाग स्थापना गरी विश्वभर ७ हजारभन्दा केन्द्रद्वारा मानव सेवा एवं कल्याणका कार्य गर्दै आएको छ।

गुरु माउलीबाट जीवन उपयोगी आध्यात्मिक मार्गदर्शन एवं आशिर्वाद प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। लोककल्याण, राष्ट्रहित र युवाको उत्थानमा केन्द्रित यस अनुष्ठानले विश्व शान्ति, सकारात्मक उर्जा सिर्जना गर्नुका साथै दैविक विपत्तिलाई निराकरण गर्ने विश्वास संस्थाले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.