गेरुबस्त्रबारे प्रधानमन्त्रीको प्रस्टीकरण- मन धर्मनिरपेक्षतावादी भए पनि धर्मविरोधी होइन

गेरुबस्त्रबारे प्रधानमन्त्रीको प्रस्टीकरण- मन धर्मनिरपेक्षतावादी भए पनि धर्मविरोधी होइन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेरुबस्त्रबारे प्रस्टीकरण दिएका छन्। उनले आफू मनैदेखि धर्मनिरपेक्षतावादी भएको बताए। तर आफू धर्मविरोधी नभएको उनको भनाइ छ। 

चार दिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालेश्वर मन्दिरमा गरिएको पूजाबारे गलत टिप्पणी गरिएको बताए। उनले आफूले प्रोटोकल मानेको स्पष्ट पारे। 

'गेरुबस्त्र मैले प्रटोकलअनुसार लगाएँ। त्यहाँ लगाउनैपर्ने रहेछ। नलगाएर अर्ब जनसंख्या भएको भारतीय नागरिकको सम्मानलाई ठेस पुर्‍याउने कुरा पनि भएन। यदि त्यसो गरेको भएँ, उहाँहरुको मनमा चिनसो पस्न सक्थ्यो। कस्तो प्रधानमन्त्री भन्नुहुन्थ्यो होला,' उनले भने।

उनले पत्नी सीताका लागि कुनै प्रार्थानासमेत नगरिएको बताए। उनले रुद्राक्ष परराष्ट्रमन्त्रीले लिएर गएको बताए। 'अब परराष्ट्रमन्त्रीजीले लग्नुभएको रुद्राक्ष छुँदिन पनि भन्नुभएन। कतिपयले पत्नीको स्वास्थ्य लाभको लागि त्यसो गरेको भनियो। तर संसारलाई थाहा छ, उनको स्वास्थ्य निको हुने खालको छैन,' उनले भने।

उनले आफू सबै धर्मको सम्मान गर्ने र उनीहरूको कार्यक्रममा जाँदा पहिरन पहिरिएको समेत स्पष्ट पारे। 'मुस्लिमको कार्यक्रममा जाँदा मैले उहाँहरूको टोपी पनि लगाएको छु। तपाइँहरूले पनि देख्नुभएको होला। तर कोहीकोहीलाई सधैं गेरुवस्त लगाएर हिँडिदिए नि हुन्थ्यो भन्ने छ। म सधैं गेरुवस्त्र लगाएर हिँड्दिनँ,' उनले भने। 

उनले भारत भ्रमण समग्रमा परिणाममुखी र कामकाजी भएको बताए। नेपाल र भारतबीचको विश्वासलाई उच्च राख्ने काम भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.