२८ वर्षअघि हराएको बज्रधरको मूर्ति फेला

२८ वर्षअघि हराएको बज्रधरको मूर्ति फेला

दोलखा : प्राचीन सहर दोलखाको कोर्छे टोलबाट २८ वर्षअघि हराएको बज्रधरको मूर्ति फेला परेको छ। बेलायतको लण्डन पुगेको बज्रधरको मूर्ति नेपाल फिर्ता ल्याएर पुनर्स्थापना गरिएको छ।

नेपालमा पहिलो सिक्काको प्रचलन भएको दोलखा सहर मन्दिर र मूर्तिहरूको सहर पनि भनिन्छ। उजोत देवले दोलखा सहरमा शासन गरेको समय नेसं ५९० (विसं १५१६) मा राजा इन्द्रको प्रतीक स्वरूप स्थापना गरिएको बज्रधर इन्द्रको मूर्ति झण्डै तीन दशक अघि हराएको थियो।

हरेक वर्ष भदौमा इन्द्रजात्राको पाँच दिन प्रदर्शन गरिने बज्रधर इन्द्रको मूर्ति हराएको २८ वर्षपछि बेलायत निवासी डा. एमिलिन स्मिथको विशेष पहलमा हङकङ हुँदै नेपाल फर्किएको हो। 

२०५२ साल भदौ १४ गते कोर्छे टोलबाट हराएको मूर्ति २८ वर्षपछि लण्डनमा छ भनेर २०७९ भदौ महिनामा लस्ट आर्टस् अफ नेपालले  सार्वजनिक गरेर  बज्रधरको मूर्ति  प्रदर्शनीमा राखिएको थियो।

त्यसपछि  पुराना फोटोहरू आफूसँग भएकाले दोलखाबाट प्रमाण पठाएपछि हङकङस्थित महावाणिज्यदूतको कार्यालय मार्फत दोलखा भित्रिएको कोर्छे टोलका स्थानीय अनिलचन्द्र श्रेष्ठले बताए।

२०८० वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन हङकङमा नेपाली दूतावासलाई प्राइभेट संकलनकर्ताले तपाईंहरूको मूर्ति भन्ने प्रमाणित भयो भनेर फिर्ता गर्न राजी भएको आधारमा  २०८० जेठ ९ गते हङकङबाट नेपाली जहाज आर ए सात सय दशबाट मूर्ति फिर्ती अभियानको १० महिनाको प्रयासपछि नेपाल ल्याउन सफल भएको अनिलचन्द्र श्रेष्ठले बताए। 

वैशाख २७ गते छाउनीमा लगेर सबै प्रक्रिया पूरा गरी जेठ  १९ गते बाजागाजासहित खटमा राखेर भजन कीर्तनसहित नगर परिक्रमा गराएर दूधले स्नान गरी संस्कृति पर्यटन राज्यमन्त्री  सुशीला सिपाइलीको हातबाट अनावरण गरेर भीमेश्वर भण्डार घरमा श्रीपेच लगाएर सुरक्षाका साथ राखिएको  छ। 

कोर्छे टोलका जेष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि पूर्वक पूजा गरेर दूधले स्नान गरी मुकुटसहित बज्रधर इन्द्रलाई हराएको घरको आँखीझ्यालमा लगेर सबैलाई दर्शन गराएका अनिलचन्द्र श्रेष्ठले बताए।

'बज्रधर इन्द्रको मूर्ति हराएपछि दोलखा सहरमा जात्रा पर्व नै मासिएला जस्तो भएको थियो', स्थानीय ज्ञानेन्द्र प्रधानले भने, 'मूर्ति फर्किएपछि सहरमा रौनक आएको छ।'  अनिल चन्द्र श्रेष्ठ र अनिसा श्रेष्ठलगायत सबैको पहलबाट मूर्ति फिर्ता ल्याउन सफल भएको प्रधानको भनाइ छ।


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.