गोताखोर तयार गर्दै सशस्त्र

गोताखोर तयार गर्दै सशस्त्र

काठमाडौं : माछा मार्ने क्रममा एकहुल युवा नदीमा पसे। माछा फेला परेपछि खुसीले हौसिएका स्थानीय नदीको अझै गहिराइतिर गए। यसैक्रममा २ जना युवा नदीमा डुबेर बेपत्ता भए। संगै गएका साथीहरु बेपत्ता भएपछि अन्य पनि नदीको बिचतिर पस्न थाले। 

घटनाको हल्लाखल्ला भएपछि सशस्त्र प्रहरीको समुहलाई कसैले खवर गर्‍यो। कम्मरमा अक्सिजन सिलिण्डर सहित नदीमा हाम्फालेका सशस्त्र प्रहरीको गोताखोर टोली निकैबेर पानीभित्र नै डुबे। नदीको गहिराइमा पुगेर बेपत्ता व्यक्तिलाई खोजीरहे। केहीबेरमा एकजना घाइतेलाई गोताखोर टोलीले उद्धार गर्‍यो। अर्का व्यक्ति भने मृत भेटिए। 

यो दृष्य हो सशस्त्र प्रहरी बल नेपालले तयार गरेको गोताखोर तालिमको डेमो प्रदर्शनको। यसरी नै सशस्त्र प्रहरीका गोताखोरहरुले देशैभरी पानीजन्य विपदमा उद्धारको कार्य गरिरहेका छन्। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार हरेक वर्ष देशैभर अनेकौं पानिजन्य बिपत्ती आइपर्छ। सयौं मानिस प्रभावित हुन्छन्। नदीमा डुबेका, बाढीमा पसेका, पानीमा हराएका व्यक्तिको जिवीत वा मृत उद्धार गर्नको लागि सरकारसँग छुट्टै गोताखोर टोली छैन। यही अभाव पूरा गर्न सशस्त्र प्रहरीले गोताखोर तालिम सुरु गरेको हो। अहिले देशैभर भएका यस्ता घटनामा उद्धारमा सशस्त्रको टोली अग्रपतिंमा छ। 

खड्का भन्छन्, 'पानीजन्य विपद उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली सक्रिय र सक्षम पनि छ। अहिलेसम्म सशस्त्र प्रहरीमा ७४ जना काविल गोताखोर देशैभरी परिचालन गरिएको छ। यो समुहले अहिलेसम्म २७३ वटा घटनामा ८०२ जना व्यत्तिको जिवीत उद्धार गरेको छ। ३१७ मृत व्यक्ति उद्धार गरी परिवारको जिम्मा लगाइसकेको छ।' 

शुक्रबार मात्रै काठमाडौंबाट खोटाङका गएको सीटीईभीटीका निर्देशकसहित चढेको जीप गोलञ्जोर गाउँपालिका–७ सिन्धुली लौकुनबाट सुनकोशी नदीमा खसेको छ। उक्त घटनामा जीपमा (सीटीईभीटी) का प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, नीति योजना शाखाका निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार थिए। उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए। जीप सडकबाट १५० मिटर तल नदीमा खसेको थियो। 

बेपत्ता व्यक्तिहरुको खोजीका लागि सशस्त्र प्रहरीको ७ जना गोताखोर टोलीसहित २९ जनाको समुह घटनास्थल गएको छ। सशस्त्रका प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरी बलका २२ जना र विपद उद्धार उपत्यका गणबाट ७ जना गरी उद्धार कार्यमा खटिएका छन्। कुरिनटारबाट थप गोताखोर सिन्धुलीको दुर्घटनास्थल जाँदै छन्। यही घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा थप ४ जना गोताखोरसहित ७ जनाको टोली गएका छन्। 

सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालले प्राकृतिक विपद कतिबेला आइपर्छ कुनै टुंगो नहुने हुँदा यसका लागि तयारी अवस्थामा बस्नुपर्ने जानकारी दिए। अर्याल भन्छन्, 'मान्छे नदीमा डुबिसक्यो, हामीसँग उद्धार गर्न सक्ने टिम थिएन। बाढीले बगायो हेरेर बस्नुको विकल्प थिएन। यो अभाव परिपुर्ति गर्नका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर तालिमको आायोजना गर्न थालेको हो। 

पहिलोपटक २०६९ बैसाखमा युएनडिपीको सहयोगमा २५ जना सशस्त्र प्रहरीलाई बंगलादेशको ढाकामा तालिम लिन पठाएका थियौं। त्यहा सीप सिकेका गोताखोरहरुले २०७६ सालमा सुनसरीको सप्तकोशीमा गोताखोर तालिम सञ्चालन गरेका थिए। यस तालिममा १९ जना सहभागी थिए। पुन २०७९ सालमा वैसाखमा  २० जना र २०८० सालको वैशाखमा १ जना नेपाल प्रहरीसहित २० जना सशस्त्र प्रहरीले यो तालिम लिएका छन्। अहिले टोटल ७४ जना यस प्रकारको विपदमा उद्दार कार्यमा सहभागी छन्। 

आइजीपी अर्याल भन्छन्, 'देशको जुनसुकै ठाउँमा पनि यस्ता खालका समस्या परे, विपदमा उद्धार आवश्यक भए जोसुकैले पनि सशस्त्र प्रहरीलाई खबर गर्न सक्छ। सशस्त्र प्रहरीको टोल फ्रि नम्बर १११४ मा निशुल्क रुपमा फोन गरेर उद्धार टोलीको माग गर्न सक्ने व्यवस्था छ।' अर्याल अगाडि भन्छन्, ‘अफ्ठ्यारो परेको अवस्थामा हामी पद र पावरको फोन कुरेर बस्दैनौं। समस्यामा परेका व्यक्तिलाई जोगाउनु, उद्धार गर्नु सबैधन्दा ठूलो मानविय धर्म हो।'

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ। विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली मोडलकै एकीकृत विपद् व्यवस्थापन प्रणालीमा नेपाल अघि बढेको छ। विगतमा विपद् व्यवस्थापन प्रणालीमा एकरुपता नभएको र आआफ्नै तरिकाले व्यवस्थापन गर्दा विविध समस्या आइपरेकाले अब भने सबै सरोकारवालाको संयुक्त प्रयासमा विपद् व्यवस्थापन कार्य अघि बढाउने प्रयास थालिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.