नागरिकता राजनीतिक समस्या हो, गलत विधि स्विकारिंदैन : रास्वपा

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता नेपालको राजनीतिक समस्या भएकाले यसलाई प्रकृयासंगत रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण गरिएको भन्दै यो स्विकार्न नसकिने बताएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता नेपालको राजनीतिक समस्या भएकाले यसलाई प्रकृयासंगत रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
परियारले भने, ‘नागरिकता नेपालको राजनीतिक समस्या हो । नागरिकता नपाएर अधिकांश मधेशी समुदायका मानिस सममस्यामा परेका छन् । नागरिकता विधेयकमा हाम्रो समर्थन छैन । यो भुराजनीतिक विषय हो । राष्ट्रिय सुरक्षाको विषय हो । गलत विधि स्विकारिंदैन भने हामी सरकारसँग जबाफ चाहन्छौं । ’
प्रतिक्रिया दिनुहोस !
