६ देशमा गैरआवासीय राजदूत नियुक्त, कुन देशमा को-को ?

६ देशमा गैरआवासीय राजदूत नियुक्त, कुन देशमा को-को ?

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले ब्रुनाई दारुसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा आवासीय राजदूत नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मलेसियाका आवासीय राजदूत डिल्लीराम पौडेललाई ब्रनाई दारुसलामको आवासीय राजदूत,ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको आवासीय राजदूत र अस्ट्रियाका आवासीय राजदूत भरतकुमार रेग्मीलाई क्रोसियामा गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

यस्तै, रुसी महासंघको आवासीय राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तानको गैरआवासीय राजदूत,डेनमार्कको आवासीय राजदूत प्रा.डा.राम स्वार्थ राय र इजिप्टका आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले ६ जना आवासीय राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.